लसुन खेती
लसुन खेतीको परिचय र जातको छनोट
लसुन चिसो मौसममा तराईदेखि हिमालसम्म लगाइने एक मसला तथा नगदे बाली हो । यसको पात, डाँठ र गानो विभिन्न परिकार बनाउन प्रयोग गरिन्छ । यसले खानामा स्वाद बढाउनुका साथै स्वास्थ्यमा समेत राम्रो काम गर्दछ ।
लसुन चिसो मौसममा तराईदेखि हिमालसम्म लगाइने एक मसला तथा नगदे बाली हो । यसको पात, डाँठ र गानो विभिन्न परिकार बनाउन प्रयोग गरिन्छ । यसले खानामा स्वाद बढाउनुका साथै स्वास्थ्यमा समेत राम्रो काम गर्दछ ।
लसुनको पोटी वा
केस्रा अपच, अजीर्ण, ग्यास्ट्रिक तथा उच्च रक्तचाप आदिमा औषधीको रुपमा प्रयोग
गरिन्छ ।
- लसुन बालीको लागि मलिलो, बलौटे दोमट माटोका साथै पानीको राम्रो निकास भएको तथा पाहारीलो एकनासले घाम लाग्ने जग्गा उपयुक्त हुन्छ ।
- लसुन हालसम्म चाइनिज र स्थानीय जात गरी
दुई प्रमुख जातहरुमा उपलब्ध छन् ।
चाइनिज लसुनको
गानो ठूलो हुनुका साथै तुलनात्मक रुपमा उत्पादन पनि बढी हुन्छ तर यो जातको लसुन औषधिको दृष्टिकोणले कम महत्वपूर्ण मानिन्छ ।
- स्थानीय जातको लसुनको केस्रा सानो हुने
हुँदा बढी स्वादिलो र पौष्टिकतत्वहरु पनि पर्याप्त मात्रामा
पाइन्छ । यसलाई औषधिको दृष्टिकोणले
समेत बढी प्रयोग
गर्ने गरिन्छ ।
लसुन
लगाउने समय र बीउको दर
- चाइनिज जातको लसुन पहाडी भेगमा असोज
महिना र उच्च पहाडी तथा हिमाली भागमा असोज,
कार्तिक र फागुन
महिनामा लगाउने गरिन्छ ।
- स्थानीय जातको लसुन तराईमा कार्तिक महिना, मध्य पहाडी भागमा असोज–कार्तिक महिना, उच्च पहाडी भागमा असोज–कार्तिक महिना र हिमाली भेगमा कार्तिक र फागुन महिनामा लगाउन सकिन्छ ।
- लसुनको बीउदर लगाउने दुरीको आधारमा
निर्धारण हुने गर्दछ । तर सामान्यतया
स्थानीय जातको
लसुन १२ देखि १५ के.जी. प्रतिरोपनी आवश्यक पर्दछ । यसैगरी चाइनिज जातको लसुन २५ देखि ३० के.जी. प्रतिरोपनीका दरले बीउको आवश्यकता पर्दछ ।
- बीउदरको सन्र्दभमा सामन्यतया लसुनको
केस्राको हिसाब गर्दा प्रतिरोपनीको लागि करिब १५००० केस्राको आवश्यकता पर्दछ ।
लसुन
खेतीको गोडमेल र मलखाद व्यवस्थापन
- लसुनका लागि जग्गा तयारी गर्दा उपयुक्त
प्रविधिबाट माटोको उपचार गर्नु
पर्दछ । यसका लागि
तोरीको पिना वा चिउरीको पिना १० के.जी.,
वेभिष्टिन पाउडर २०० ग्राम र डर्सवान मालाथेन पाउडर १
के.जी., २० के.जी. गोबरमलमा मिसाइ प्रतिरोपनीका दरले जोतेर माटोमा मिसाउनु
पर्दछ ।
-
जमिनको अन्तिम
तयारी गर्दा गोबरमल १५०० के.जि., डि.ए.पि. १२ के.जी., पोटास १० के.जी. र जिङ्क १ के.जी. प्रतिरोपनीका
दरले माटोमा मिसाउनु पर्दछ ।
यसका साथै बोट
उम्रे पछि टपडे«सिङ्गका रूपमा युरिया मल पनि प्रयोग
गर्नु पर्दछ ।
- जग्गा तयारी गरिसके पछि पोटी रोप्नु
भन्दा पहिले लसुनको पोटीलाई २ ग्राम
साफ वा वेभिष्टिन
पाउडर प्रतिलिटर पानीमा तयार पारिएको झोलमा ३० मिनेटसम्म डुवाइ उपचार गर्नु पर्दछ र डुबाएको पोटीलाई ओझेलमा वा शीतलमा सुकाएर मात्र रोप्नु पर्दछ ।
- लसुन बाली लगाउन जग्गा २५ देखि ३० से.मि.
गहिरो हुने गरी ३/४ पटक खनजोत गर्नु पर्दछ ।
- लसुनको केस्रा लगाउँदा लाइनदेखि लाइनको
दुरी २० से.मि. र पोटीदेखी पोटीको
दुरी १५ से.मि.को
फरकमा रोप्नु पर्दछ । तर ठूला खालका पोटी उत्पादन गर्नुपर्ने भएमा भने लाइनदेखि लाइन र पोटीदेखि पोटीको दुरी २० से.मि. को फरकमा रोप्नु पर्दछ ।
- युरिया ५ के.जी. प्रतिरोपनी जग्गामा
केस्रा अर्थात् पोटी लगाएको ४० देखि ५० दिन भित्र टपड्रे्रिसङ्ग गर्नु पर्दछ ।
- युरिया ५ के.जी. प्रतिरोपनीका दरले पोटी
रोपेको ७० देखि ८० दिन भित्र
टपड्रे्सिङ्ग
गर्नु पर्दछ । यसैगरी पुनः ५ के.जी. युरिया प्रतिरोपनीमा गानो बन्ने समयमा पनि टपड्रे्सिङ्ग वा साइड्रे्सिङ्ग गर्नु पर्दछ ।
- लसुन रोपेको ३० दिनमा एकपटक, ६० दिनमा अर्कोपटक र ९० दिनमा पुनः गरी ३ पटक म्याग्नेसियम सल्फेट १ ग्राम प्रतिलिटर पानीका दरले मिसाइ छर्नु पर्दछ । ड्ड गाईभैँसीको पिसाब जम्मा गरी १ भाग
पिसाबमा १० भाग पानी मिसाइ १५/१५
दिनको फरकमा ६÷७ पटक छर्दा लसुनलाई आवश्यक पर्ने सल्फरको मात्रा सजिलैसँग परिपूर्ति हुन्छ ।
-------------------------------------------
भौगोलिक
क्षेत्र
बीउ रोप्ने समय
बाली टिप्ने समय
उच्च पहाड
५०००—७००० फिट फागुन — चैत्र
भदौ — असोज
मध्य पहाड
३००० — ५००० फिट भदौ — कार्तिक
बैशाख — जेष्ठ
तल्लो पहाड
३०००—५००० फिट कार्तिक — मङ्सिर बैशाख — कातिर्क
तराई
१००० फिट
कार्तिक — मंसीर
बैशाख—
कातिक
--------------------------------------------------
लसुन
खेतीको गोडमेल र सिँचाइ
- लसुन बालीमा झारपातको निकै समस्या हुन्छ
। बेर्ना बाक्लो हुनेगरी सार्नु
पर्ने हुँदा
धेरैपटक झारपात हटाइ गोडमेल गर्दा बिरुवालाई बाधा पुग्ने गर्दछ । तसर्थ लसुन बालीमा गोडमेल सावधानी पूर्वक गर्नु पर्दछ ।
- लसुन खेती गर्दा खेती अवधिभर ३÷४ पटक गोडमेल गर्नु आवश्यक छ तर झारको मात्रा र अवस्था हेरी कम वा धेरैपटक
गोडमेल गर्न सकिन्छ ।
- लसुन बाली अवधिभर माटो खुकुलो राख्नु
पर्दछ । यदि माटो खुकुलो नरहेमा
माटोको माथिल्लो
सतह जमेर कडा हुन जान्छ, जसले गर्दा एउटा बोटमा एउटा गानोको बदला गानो फुटेर धेरै र साना
गानाहरु बन्न पुग्दछन् । यसले लसुनको
उत्पादनमा गुणस्तर
तथा परिमाणमा नकारात्मक प्रभाव पर्दछ ।
- लसुन बालीमा पहिलो सिँचाइ बेर्ना सार्ना
साथ दिनु पर्दछ भने त्यस पछिका
सिँचाइहरु
आवश्यकतानुसार मौसमको अवस्था, माटोको किसिम र बालीको उमेर हेरी गर्नु पर्दछ ।
लसुन
खेतीमा लाग्ने रोग कीरा र तिनको व्यवस्थापन
- लसुन रोप्नुभन्दा पहिले सयपत्री फूलको
बिरुवा रोपेर यसलाई हरीयो मलको
रूपमा प्रयोग
गर्दा रोग कीराहरू लाग्ने सम्भावना ज्यादै न्यून हुन्छ र यसैगरी माटोको उपचार, स्वस्थ बीउको प्रयोग, आवश्यक मलखाद,
नियमित गोडमेल तथा
सिँचाइको व्यवस्थापनले रोग कीरा ज्यादै कम लाग्दछ ।
- लसुन बालीसँग कालो तोरी वा अन्य तोरी
जातहरूका बिरुवाहरू लगाउँदा पनि रोग कीराहरुको रोकथाम गर्न सकिन्छ ।
- लसुनमा लाग्ने मुख्य कीराहरुमा सुलसुले, लाही र थ्रिप्स हुन् । यी
कीराहरुले
बोटबिरुवाको हरियो पात चुसेर र चपाएर ठूलो क्षती पु¥याउँने गर्दछ । यी कीराहरुको नियन्त्रण गर्न गाईभैँसीको पिसाव भाँडोमा जम्मा गरी ७
दिनसम्म कुहाउने र
यसमा पिसाब बराबरको पानी मिसाएर ४ देखि ५ पटकसम्म ४ देखि ५ दिनको फरकमा छर्नु
पर्दछ ।
- कीराको प्रकोप धेरै भएमा रासायनिक
विषादीहरू क्याराथिन वा सल्फरको धुलो १
ग्राम प्रतिलिटर
पानीमा मिसाइ ४ देखि ५ दिनको फरकमा २ पटक छर्नाले सुलसुले कीराका साथै अन्य कीराहरुको पनि नियन्त्रण हुन्छ - लाही र थ्रिप्स
कीराको नियन्त्रण गर्न सुफोज वा रोगर २ एम.एल.
प्रतिलिटर पानीमा मिसाएर छर्नु
पर्दछ ।
- लसुन बालीमा मुख्य गरी ढुसीजन्य रोगहरुको
प्रकोप पनि बढी देखिन्छ । पातमा कालो/खैरो डढुवा रोग,
बैजनी रङ्ग
देखापर्ने सिन्धुरे जस्ता लक्षण देख्नासाथ साफ वा क्रिलोक्सिल गोल्ड २ ग्राम प्रतिलिटर पानीमा मिसाएर
७/७ दिनको फरकमा छर्नु पर्दछ ।
- तापक्रमको विषमताले गर्दा भाइरल रोग देखा
पर्न सक्ने भएकोले बेर्ना २
देखि ३ पात आए पछि
१५/१५ दिनको फरकमा १० एम. एल. गाईभैँसीको दूध १ लिटर पानीमा मिसाएर छर्दा पनि यसको नियन्त्रण गर्न सकिन्छ ।
लसुन
टिपाइ (भित्र्याउने) र बजार व्यवस्थापन :
- लसुन बाली राम्रो भएको खण्डमा प्रतिरोपनी
उत्पादन ५०० देखि ६०० के.जि.सम्म हुने गर्दछ ।
- सामान्यतया लसुन लगाएको ६ देखि ७ महिना
पछि बाली थन्क्याउने बेला हुन्छ ।
लसुन परिपक्व भए
पछि पात र डाँठ पहेलिएर खैरो भएको अवस्थाले लसुनको पोटी खन्ने बेला भयो भन्ने सङ्केत बुझ्नु पर्दछ ।
- लसुन खन्दा पोटी नछुट्टिने गरी हातले बोट
तान्ने र सफागरी पात बाँधेर झुप्पा पारी १ हप्तासम्म छायाँमा
सुकाउनु पर्दछ ।
यसरी सुकाउने प्रक्रियालाई क्युरिङ् भनिन्छ ।
- लसुनलाई १ हप्ता जति क्युरिङ् गरिसके पछि
लसुनको पात र डाँठ काटेर हटाउनु पर्दछ र यसलाई हल्का
हावा लाग्ने शीतल, घाम नलाग्ने कोठामा फिँजाएर भण्डारन गर्नु पर्दछ ।
- उत्पादित लसुन सफा गरी, सानो÷ठुलो र रङ्गको आधारमा वर्गीकरण गर्नु
पर्दछ । यसरी वर्गीकरण गरेको लसुनलाई जालिदार
झोला वा बोरामा प्याकिङ् गरी बजारमा
ढुवानी गर्नु
पर्दछ, जसले गर्दा ग्राहकहरूलाई आकर्षित गर्दछ ।
- प्रायः लसुन वर्षैभरी बिक्रीवितरण गर्ने
गरिन्छ तर भाद्रदेखि असोज
महिनासम्म उत्पादन
गरी बजारमा पु-याउन सकेको खण्डमा लसुनको राम्रो मूल्य पाइन्छ ।
- लसुनलाई बजारमा बिक्रिवितरण गर्नु भन्दा
पहिले सम्भावित बजार र यसका अवसरहरुको विश्लेषण गर्नु राम्रो मानिन्छ l
No comments:
Post a Comment